विराटनगरमा मृत्यु भएका २ जनामा कोरोना संक्रमण पुष्टि
Wednesday, August 5th, 2020, 6:25 pm
मोरङ, २१ साउन । विराटनगरमा बुधबार कोरोना सङ्क्रमणबाट दुई जनाको ज्यान गएको छ । कोशी अस्पतालका अनुसार अस्पतालको आइसोलेशनमा रहेका विराटनगर ९ का ४५ वर्षीय पुरुष र रङ्गेली ८ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय मोरङका जनस्वास्थ्य प्रशासक ज्ञानबहादुर बस्नेतका अनुसार विराटनगरका पुरुषमा श्वासप्रश्वास, ज्वरोलगायतका समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए भने रङ्गेलीका पुरुषको भने अस्पताल ल्याएलगत्तै बुधबार दिउँसो मृत्यु भएकोे थियो । यसैगरी मृत्यु भएपछि उनीहरुको कोरोना परीक्षण गर्दा दुवैमा कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
यो संगं नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६२ पुगेको छ ।