काठमाण्डौमा गाँजासहित ६० वर्षिया महिला पक्राउ
Wednesday, August 5th, 2020, 5:40 pm
काठमाडौं, २१ साउन । प्रहरीले काठमाण्डौबाट अवैध लागूऔषध गाँजासहित एक ६० वर्षिया महिला पक्राउ गरेको छ ।
मंगलबार प्रहरीले कैलाली टिकापुर घर भएकी शर्मालाई बौद्ध टाउन प्लानिङस्थित सडकबाट आधा केजी अवैध लागूऔषध गाँजासहित पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार खटिएको प्रहरीले बा.९० प १५२९ नम्बरको स्कुटर जाँच गर्दा डिकीमा अवैध लागूऔषध गाँजा फेला परेको हुनाले स्कुटर चालक शर्मालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।