कोरोनाको जोखिम बढेपछि काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ
Wednesday, August 5th, 2020, 5:26 pm
काठमाडौ, २१ साउन । कोरोना भाइरसको सख्या बढेसँगै काठमाडौैँ उपत्यका भित्रिने नाकामा कडाई गरिएको छ ।
सरकारले लकडाउन खुकुलो गरेसँगै विभिन्न नाका हुँदै काठमाडौ प्रवेश गर्नेको संख्या बढेको कारण संंक्रमण फैलिएको निष्कर्ष निकाल्दै चेकजाँचमा कडाई गरेको हो ।
नागढुंगा नाका हुँदै दैनिक ४ देखि ६ सयसम्म सवारीहरु राजधानी भित्रिने गरेका छन् ।उपत्यका छिरेपछि अर्को गाडीमा आउने गरेका यात्रुलाई पनि रोक लगाइएको छ ।
आजदेखि नागढुंगा नाकामा उपत्यका प्रवेश गर्ने सवारी र प्रहरी चेकिङ पनि थप कडा गरिएको छ ।