थप ३८१ जना नयाँ कोरोना संक्रमित भेटिदा, १३० जना डिस्चार्ज
Wednesday, August 5th, 2020, 5:02 pm
काठमाण्डौ, २१ साउन । पछिल्लो २४ घण्टामा थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइसोलेसनमा रहेकाहरुको संख्या ६ हजार १७४ रहेको छ ।
बुधबार मात्रै कोरोना संक्रमणमुक्त भई १३० जना डिस्चार्ज भएका छन् भने हालसम्म १५ हजार १५६ जना डिस्चार्ज भइसकेका छन् ।
यसैगरी हाल देशभरका क्वारेन्टिनमा रहनेको संख्या ९ हजार ९२५ रहेको छ ।