वीरगन्ज कारागारका जेलरमा पनि कोरोना संक्रमण भेटियो
Wednesday, August 5th, 2020, 2:21 pm
वीरगञ्ज, २१ साउन । वीरगन्जमा कारागारका जेलर पनि कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ ।
वीरगन्ज कारागारका प्रमुख श्रवण पोखरेलले आफ्नो फेसबुक पेजमार्फत आफमाू कोरोना संक्रमण भेटिएको जानकारी दिएका छन् भने दोस्रो पटकको परीक्षणमा कोरोना पोजिटिभ पुष्टि भएको बताएका छन् ।
उनका अनुसार जिम्मेवारी निर्वाह गेर्ने क्रममा आफू कोरोना संक्रमित हुन पुगेको र आफूमा कोरोना संक्रमणको केही लक्षण देखिएको छैन ।
कारागारका १३ जना संक्रमितको सम्पर्कमा आएका कारागारभित्रका ५५ पुरुष र ९ महिला कैदीबन्दी, ३१ जना नेपाली सेना, ७ जना जनपद प्रहरी, १५ जना कारागार कर्मचारी र १ जना बालकको स्वाब संकलन गरिएको जेलर पोखरेलले जानकारी दिएका छन् ।
सोही क्रममा पोखरेलको पनि कोरोना पोजेटिभ रिपोर्ट आएको हो भने बाँकीको रिपोर्ट चाँही भोलि बिहानसम्ममा आउने उनले बताएका छन् ।