पाकिस्तानले जम्मु–कश्मिर–लद्दाख–जुनागढ सहितको भुभाग समेटेर नयाँ नक्सा जारी गर्यो
Wednesday, August 5th, 2020, 1:52 pm
एजेन्सी, २१ साउन । भारत र चीनबीचको बढ्दो विवादसंगै भारतलाई फेरि अर्को झट्का लागेको छ । यसैबीच पाकिस्तानको मन्त्रिपरिषद्ले देशको नयाँ नक्सा जारी गरेको छ । यसैगरी यो राजनितिक नक्सामा जम्मु–कश्मिर–लद्दाख–जुनागढ पनि समावेश गरेको छ जुन भुभागलाई भारतले यसअघिको आफ्नो नक्सामा समावेश गरेको थियो ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मंगलबार यसबारे जानकारी दिदैँ अबदेखि देशले नयाँ नक्सा नै प्रचलनमा ल्याउने बताएका छन् भने उनको यो कदमलाई सबैले स्वागत गरेका छन् ।
खानका अनुसार जारी गरिएको नयाँ नक्साले पाकिस्तानी जनतालाई प्रतिनिधित्व गर्नुका साथै कश्मिरका जनताको सैद्धान्तिक विचारधारालाई पनि समर्थन गर्नेछ । यो नयाँ नक्सालाई अब पाकिस्तानका स्कुल, कलेज तथा सबै सरकारी अफिसमा राखिनुका साथै पढाइनु पर्ने खानले बताएका छन् ।
यसैगरी पाकिस्तानले जारी गरेको नयाँ नक्सालाई भारतले खारेज गर्दै यसलाई अवैधानिक बताएको छ ।