कोरोना भाइरसबाट संक्रमित थप १ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ६० पुग्यो
Wednesday, August 5th, 2020, 1:27 pm
पर्सा, २१ साउन । फेरि पर्सा जिल्लामा अर्का एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
उपचाररत ४६ वर्षीय पुरुषको आज बिहान वीरगन्जको हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जानकारी दिएको छ ।
ज्वरो आउनुका साथै श्वास प्रश्वासमा समेत समस्या देखिएपछि उनलाई हिजो राति ९ बजे हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
उनलाई कोरोना संक्रमण रहेको सोमबार पुष्टि भएको थियो । उपचारका क्रममा आज बिहान ५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । यो सँगै नेपालका कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ ।