सिंहदरबार प्रवेश गर्ने सबै पास रद्द, पत्रकारसहित सबैका लागि प्रवेश निषेध
Wednesday, August 5th, 2020, 12:26 pm
काठमाडौं, २१ साउन । उपत्यकामा बढ्दै गरेको कोरोना संक्रमणका कारण सरकारले सिंहदरवार प्रवेशका लागि जारी गरिने सबै पास रद्द गरेको छ ।
गृह मन्त्रालयका अनुसार भीडभाडका कारण कोरोना त्रास बढेको हुनाले सर्वसाधारणका लागि सिंहदरवारभित्रका विभिन्न कार्यालयले जारी गर्ने गेटपास वितरण बन्द गरिएको छ ।
यस्तै मुख्यसचिवको निर्देशनअनुसार सिंहदरवारभित्र कार्यरत कर्मचारीबाहेक सबैलाई प्रवेशमा रोक लगाइएको छ भने अर्को सूचना जारी नभएसम्म अब पत्रकारसहित सबैका लागि सिंहदरवारमा प्रवेश निषेध गरिएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईका जानकारी दिएका छन् ।