धरान उपमहानगरमा आज रातिदेखि ७ दिनसम्म लकडाउन
Wednesday, August 5th, 2020, 12:08 pm
धरान, २१ साउन । कोरोनाको संक्रमण फैलिँदै गएपछि नागरिको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै धरान उपमहानगरपालिकाले आज राति १२ बजेदेखि ७ दिन लकडाउन गर्ने निर्णय गरेको छ ।
कार्यपालिका बैठकले गरेको निर्णय अनुसार आज मध्यराति १२ बजेदेखि साउन २८ गतेसम्म लकडाउन गरिनेछ ।
यस्तै अत्यावश्यक औषधी पसल, एम्बुलेन्सबाहेक सबै पसल, व्यवसाय तथा सवारी साधनहरु बन्द गर्ने निर्णय भएको छ । यसैगरी केही प्रदेशहरुमा कोरोना संक्रमण फैलिन नदिनका लागि आफ्नो क्षेत्रमा लकडाउन तथा निषेधाज्ञा जारी पनि गरिसकेको छ ।