सुनको मूल्य तोलाको १ लाख भन्दा माथि
Wednesday, August 5th, 2020, 11:51 am
काठमाण्डौ, २१ साउन । बुधबार सुनको भाउले नेपाली बजारमा नयाँ रेकर्ड कायम गरेको छ । एकैदिन तोलामा १६ सय रुपैयाले बढेर सुनको मूल्य १ लाख नाघेको छ ।
यस्तै हिजो सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो भने आज ह्वातै तोलामा १६ सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य तोलाको १ लाख १ हजार ४ सय रुपैयाँ पुगेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आज तेजावी सुनको मूल्य १ लाख ९ सय रुपैयाँ पुगेको छ ।
यस्तै हिजो र अस्ति स्थिर रहेको चाँदीको भाउ भने आज तोलामा ६४ रुपैयाले बढेर तोलाको १२ सय ९५ पुगेको छ ।