शसस्त्र प्रहरीको नियन्त्रणमा १६ लाख नगदसहित सुन तस्कर
Wednesday, August 5th, 2020, 11:32 am
कपिलबस्तु, २१ साउन । कपिलबस्तुमा नेपालबाट भारत सुन लुकाई तस्कर गर्ने कार्यमा संलग्न एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
मायादेवी गाउँपालिका वडा नं १ पकडीका ३६ वर्षीय विनोद सोनारलाई भारतबाट लुकीछिपी नेपाल आउँदै गर्दा सशस्त्र प्रहरीले पक्राउ गरेको हो । उनलाई गाउँपालिका वडा नं ४ ठकुरापुर गोब्ली बगैँचाबाट प्रहरीले नियन्त्रणमा लिएको हो । त्यस्तै उनको साथबाट १६ लाख नेपाली रुपैयाँ बरामद गरेको छ ।
सशस्त्र प्रहरी उपरीक्षक धुव्र कार्कीका अनुसार सोनारलाई ठूलो रकमसहित फेला परे पछि सोधपुछ गर्दा रकमको स्रोत बताउन नसके पछि नियन्त्रणमा लिएको थियो भने जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा बुझाइएकोे छ ।
यस्तै उनको साथबाट १ हजार दरका एक एक सय थानका १२ गड्डी र ५ सय दरका एक एक सय थानका ८ गड्डी बरामद गरिएको छ ।