रुसले कोरोना भाइरसको खोप तेस्रो चरणको परीक्षण विना उत्पादन गरेमा लाइसेन्स खारेज गरिने : विश्व स्वास्थ्य संगठन
Wednesday, August 5th, 2020, 11:15 am
एजेन्सी, २१ साउन – रुसले बनाउँदै गरेको कोभिड १९ विरुद्धको खोपमाथि विश्व स्वास्थ्य संगठनले शङ्का व्यक्त गरेको छ ।
विश्व स्वास्थ्य संगठनका प्रवक्ता क्रिस्टियन लिंडमियरका अनुुसार रुसले तेस्रो चरणको परीक्षण विना नै खोप उत्पादन गरेमा त्यसको लाइसेन्स खारेज हुनुका साथै उक्त खोपलाई खतरनाक मान्न सकिनेछ ।
यस्तै रुसी स्वास्थ्यमन्त्री मिखाइल मुरासकोले अक्टोबरदेखि रुसमा कोरोना भाइरसको खोप उत्पादन सुरु गर्ने घोषणा गरिसकेका छन् भने विश्व स्वास्थ्य संगठनका प्रवक्ता लिंडमियरले कोरोनाविरुद्धखोप उत्पादनका लागि धेरै नियम पालना गर्नुपर्ने भए पनि रुसले त्यसो नगरेको बताएका छन् ।
त्यस्तै रुसले भने खोपका लागि पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी, नर्स र शिक्षकलाई राखेको छ । यसैगरी रुसले ३ करोड डोज आफ्नै देशमा बनाउने तयारी गरेको छ भने विदेशमा १७ करोड डोज तयार गर्ने बताउँदै आएको छ ।