सेप्टिक ट्यांकीमा खसेर बालिकाको मृत्यु
Tuesday, August 4th, 2020, 5:59 pm
जनकपुरधाम, २० साउन । बारामा एक बालिकाको शौचालयको सेप्टिक ट्यांकीमा खसेर ज्यान गएको छ ।
महागढीमाई नगरपालिका वडा नं १ बस्ने अनिलकुमार लोहारकी ६ वर्षीया छोरी छाया कुमारीको आज बिहान ९ बजेतिर आफ्नै घरभित्र रहेको शौचालयको सेप्टिक ट्यांकीमा लडेर बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।
प्रहरीका अनुसार मृतक बालिकाको शव कलैया अस्पतालमा पोस्टमार्टम गरी परिवारको जिम्मा लगाइएको छ ।