अब सबैलाई मुख छोपेर हिँड्न बाध्य पारौं : देउवा
Tuesday, August 4th, 2020, 5:43 pm
काठमान्डौ, २० साउन। नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारी रोकथामका लागि कडा नियमका साथ अब सबैलाई मुखमा मास्क लगाएर हिड्ने बनाउनुपर्ने बताएका छन्। दिन प्रतिदिन संक्रमणको जोखिम बढेकाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एस्तो सुझाब दिएका छन्।
प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारी रोकथामका लागि कम्युनिस्ट सरकारले हालसम्म गरेका कामको समीक्षा अति अवाश्यक रहेको बताएका छन् ।
प्रधानमन्त्री खड्गप्रसाद ओलीले मंगलबार बालुवाटारमा आह्वान गरिएको बैठकलाई सम्बोधन गर्दै देउवाले हालसम्मका कमजोरी र प्रगतिको गहिरो समीक्षा आवश्यक रहेको बताए । उनले भने, ‘स्वास्थ सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचार ढाकछोप होइन छानबिन र कार्वाही गरियोस् ।’
सभापति देउवाले आरडीटी परीक्षण स्थायी रुपले अन्त्य गर्न सरकारलाई सुझाव दिएका छन् र पिसिआर विधिलाई बढाउन पनि प्रधानमन्त्रीलाइ सुझाब दिएका छन्।
प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवाले दिएको सुझावहरूलाई सकारात्मक रुपमा लिएका छन् भने कांग्रेसले जनताको जीवन बचाउन सरकारलाई सबै प्रकारको सहयोग गर्ने प्रतिवद्धता यसअघि नै जनाइसकेको छ ।