माडीमा ट्रकको ठक्करबाट ६ बर्षीय बालिकाको मृत्यु
Tuesday, August 4th, 2020, 5:33 pm
चितवन, २० साउन। चितवनको माडीमा ट्रकको ठक्करबाट आज दिउसो एक जना बालिकाको मृत्यु भएको छ ।
बसन्तपुर जाँदै गरेको ना ५ ख ६९७९ नम्वरको मालबाहक ट्रकले स्थानिय ६ बर्षकी बालिका कुस्बु दुरालाई ठक्कर दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको हो ।
ट्रक र ट्रकका चालक नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय माडीले जानकारी दिएको छ ।