प्रधानमन्त्री निवास बालुवाटारमा ओली–प्रचण्ड छलफल जारी, खनाल पनि सहभागी
Tuesday, August 4th, 2020, 5:19 pm
काठमान्डौ, २० साउन। नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी रहेको छ।
केहीबेर अघिदेखि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको हो। छलफलमा वरिष्ठ नेता झलनाथ खनाल पनि सहभागी छन्।
प्रचण्डले स्थायी कमिटीको बैठकबाटै विवाद समाधान गर्नुपर्ने अडान लिएपछि दुई अध्यक्षबीच सहमति जुट्न नसक्दा बैठक अनिश्चित बनेको छ।
बैठक प्रधानमन्त्री निवासमा जारी रहेको छ।