कोरोना अपडेट : उपत्यकामा भेटिए थप ६२ जना संक्रमित
Tuesday, August 4th, 2020, 5:12 pm
काठमाडौं । पछिल्लो २४ घण्टा भित्र काठमाडौं उपत्यकामा थप ६२ जना नयाँ कोरोना संक्रमित भेटिएको छ ।
स्वास्थ्य मन्त्रालयको प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले मंगलवार संक्रमण पुष्टि हुनेमा काठमाडौंका ४८, भक्तपुर १३ र ललितपुरका एक जनामा गरी ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
त्यस्तै उपत्यकामा दिनप्रतिदिन कोरोना संक्रमि थपिदै गएको हृुनाले संक्रमणको जोखिम पनि त्यतिकै बढिरहेको छ ।