कोरोनाका कारण नेपालमा थप १ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ५८ पुग्यो
Tuesday, August 4th, 2020, 4:55 pm
काठमान्डौ, २० साउन। नेपालमा पछिल्लो २४ घन्टामा थप १ जनाको मृत्यु भएको छ।
यो संगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ। विराटनगर महानगरपालिकामा सोमबार मृत्यु भएका ७७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५८ पुगेको हो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार विराटनगर महानगरपालिका–५ आदर्श टोलका ती पुरुष ज्वरो तगथा स्वास प्रश्वासमा समस्या आएपछि उनी कोशी अस्पताल विराटनगरका भर्ना गरिएको थियो।
मधुमेह तथा उच्च रक्तचापको समस्याबाट पीडित ती पुरुषको आइसोलेसनमा उपचारकै क्रममा मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए।