मधेस प्रदेशसभाको पहिलो अधिवेशन आज
Monday, January 2nd, 2023, 11:19 am
जनकपुरधाम । मधेस प्रदेशसभाको पहिलो अधिवेशन आज सुरु हुदैँछ । नवनिर्वाचित सांसदहरुको पहिलो अधिवेशन आज दिउँसो १ बजेबाट हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।
ज्येष्ठ सदस्यको अध्यक्षतामा हुन लागेको अधिवेशनको पहिलो बैठकामा सम्भावित चारवटा विषयको कार्यसूचि रहेको प्रदशसभा सचिव रन्जितकुमार यादवले जानकारी दिनुभयो । बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएको अधिवेशन आह्वान पत्र वाचन गर्ने कार्यसूचि रहेको यादवले जानकारी दिनुभयो । प्रदेशसभा कार्यसञ्चालन नियामावली, २०७५ अनुमोदन गरियोस भन्ने प्रस्ताव पनि आजको अधिवेशनमा गर्न लागिएको सचिव यादवले बताउनुभयो । त्यस्तै नियामावलीको नियम ११ बमोजिम सभामुख र उपसभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको मनोनयन आजको बैठक हुने सचिव यादवले जानकारी दिनुभयो ।
प्रदेशसभा सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन बोलाउने संवैधानिक व्यवस्था अनुसार पुस १८ गते प्रदेश प्रमुख हरिशंकर मिश्रले अधिवेशन आह्वान गर्नुभएको थियो । रासस