विराटनगरमा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ
Tuesday, August 4th, 2020, 2:40 pm
विराटनगर, २० साउन । कोरोनाका कारण मृत्यु भएका विराटनगर ५ आदर्श टोलका ७७ वर्षीय वृद्धकी श्रीमतीको पीसीआर रिपोर्ट नेगेभिट आएको छ ।
कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासका अनुसार रिर्पाट नेगेटिभ आएपछि मृतककी श्रीमती ६८ वर्षीया वृद्धामा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ ।
वृद्धको मृत्यु सोमबार दिउँसो ३ः१५ बजे उपचारका क्रममा कोशी अस्पतालकै आइसोलेसनमा भएको थियो । वृद्धलाई श्वासप्रश्वासमा धेरै समस्या भएपछि उपचारका लागि सोमबार बिहान ९ः३० बजेतिर अस्पतालमा लगिएको थियो ।