घुस लिदाँलिदै पक्राउ परे राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख
Tuesday, August 4th, 2020, 2:29 pm
बुटवल, २० साउन । अख्तियारले राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विजय रानालाई ८ लाख ९८ हजार घुससहित पक्राउ गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका अनुसार नयाँगाउँ स्थित कार्यालयका प्रमुख रानालाई घुस रकम लेनदेन गर्दै गर्दा पक्राउ गरिएको हो भने केही घण्टाभित्रै घटनाको सबै विवरण पनि सार्वजनिक गरिनेछ ।
यसैगरी अख्तियारले सोमबार मात्रै बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत र सहायक संरक्षण अधिकृतलाई घुस रकमसहित पक्राउ गरेको थियो ।