अख्तियारका दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीमा काेराेना संक्रमण पुष्टी
Tuesday, August 4th, 2020, 1:21 pm
काठमाडौं, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ जना कर्मचारीमा पनि कोरोना भाइरसको संक्रमणको पुष्टी छ ।
कोरोना संक्रमितकाे संख्या बढिरहेका बेला अख्तियारका दुरुपयोग अनुसन्धान आयोगका १५ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पीसीआर परीक्षणका लागि आइतबार अख्तियार परिसरमा स्वाब संकलन गरेको थियो ।
१ सय ८२ जनाको स्वाब संकलन गरिएकोमा १५ जनामा संक्रमण देखिएको हो । महाशाखाका महानिर्देशक डा. वासुदेव पाण्डेका अनुसार संक्रमण देखिएकामध्ये अधिकांश अख्तियारमा कार्यरत सुरक्षाकर्मी छन् ।