एकै परिवारका १४ जनामा कोरोना सक्रमणको पुष्टी
Tuesday, August 4th, 2020, 1:12 pm
विराटनगर,२० साउन । मोरङको एकै परिवारका १४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।।
संक्रमण सबै रङ्गेली नगरपालिकाका रहेका छन्। कोसी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २२ जनालाई कोरोना पोजिटिभ देखिएको हो। रङ्गेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोमप्रसाद सुवेदीले दिएको जानकारी अबुसार कोरोना पोजेटिभ देखिएका २२ मध्ये १४ जना एकै परिवारका रहेका बताए ।
धेरैको सङख्यामा कोरोना सङ्क्रमण देखिएपछि नगरपालिकाले रंगेली बजार सिलबन्दी गरेको छ भने त्यहाँ व्यापक परीक्षणको तयारी गरिएको छ ।