प्रचण्ड र वामदेव गौतम बीच १ घण्टा छलफल
Tuesday, August 4th, 2020, 1:03 pm
काठमान्डौ, २० साउन। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपाध्यक्ष वामदेव गौतमसँग छलफल गरेका छन् ।
प्रचण्डले मंगलबार बिहान ११ बजे भैंसेपाटीस्थित गौतम निवास पुगेर छलफल गरेका हुन् । बामदेव गौतमका प्रेस सहयोगी विश्वमणी सुवेदीका अनुसार २ नेताबीच झण्डै १ घण्टा छलफल भएको थियो ।
छलफलका क्रममा गौतमले पार्टी एकतालाई बलियो पार्न आफूले भूमिका खेल्ने बताएका थिए ।