लाइसेन्सको नविकरण म्याद सकिएपनि भदौसम्म जरिवाना छुट
Tuesday, August 4th, 2020, 12:36 pm
काठमाण्डौ, २० साउन । यातायात व्यवस्था विभागले सवारी चालक अनुमती पत्रको नविकरण म्याद सकिए पनि भदौ मसान्तसम्म जरिवाना नलाग्ने व्यवस्था गरेको छ ।
विभागका अनुसार मन्त्री परिषद्ले गरेको निर्णयअनुसार नविकरण गर्ने म्याद लकडाउनको अवधिभित्र परेमा भदौ मसान्तसम्म कुनै पनि प्रकारको जरिवाना बुझाउनु नपर्ने व्यवस्था गरिएको छ ।
सातै प्रदेशका भौतिक विकास मन्त्रालयलाई विभागले सरकारको उक्त निणर्यअनुसार सिस्टमलाई मोडिफिकेसन गर्न पत्राचार समेत गरिसकेको छ ।