कोसी अस्पतालमा एकको मृत्यु, कोरोना परीक्षण हुँदै
Tuesday, August 4th, 2020, 12:33 pm
विराटनगर, २० साउन। विराटनगरस्थित कोसी अस्पतालमा एक पुरूषको मृत्यु भएको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासले दिएको जानकारी अनुसार ५५ वर्षीय उनको गए राति साढे १२ बजे मृत्यु भएको हो ।
उनलाई अस्पताल ल्याउँदा ज्वरो, श्वासप्रश्वास र वाकवाकी लाग्ने समस्या देखिएको थियो। डाक्टर दासका अनुसार ‘उहाँलाई विराट नर्सिङले राति रिफर गरिदिएको थियो। साढे १२ बजेतिर बेडमा भर्ना गर्न खोज्दाखोज्दै उहाँको मृत्यु भयो।’
अहिले मृतकको शव अस्पतालमै राखिएको छ। कोरोना भाइरससँगको मिल्दोजुल्लो लक्षण देखिएपछि परीक्षणको लागि मृतकको स्वाब संकलन गरिएको छ।
स्वाबको नजिता आएपछि त्यही अनुसार शवको व्यवस्थापन गरिने अस्पतालले जनाएको छ।