बालिकालाई बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ
Tuesday, August 4th, 2020, 12:16 pm
गोरखा,२० साउन। बालिकालाई बलात्कार गरेको आरोपमा गोरखामा वडाध्यक्ष पक्राउ परेका छन् ।
जिल्लाको पालुङटार नगरपालिका–४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा अनुसन्धानका लागि वडाध्यक्ष रानाभाटलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पीडित बालिकाका आफन्तले दिएको उजुरीका आधारमा उनलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।