हिजो स्थिर रहेको सुनको भाउ आज फेरि बढ्यो
Tuesday, August 4th, 2020, 11:28 am
काठमाण्डौ, २० साउन । आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँले बढेको छ । ९९ हजार ८ सय पुगेको छ ।
सुन चाँदी व्यवसाय महासंघका अनुसार आइतबार ३ सय रुपैयाँ बढेर तोलाको ९९ हजार ६ सय पुगेको सुनको मूल्य हिजो स्थिर रह्यो भने आज २ सय रुपैयाँले बढेर हालसम्मकै उच्च भाउ पुगेको छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ३ सय ७५ पुगेको छ भने छापावाल सुनको मूल्य ९९ हजार ८ सय पुगेको छ ।
अहिले चाँदीको मूल्य भने आइतबारदेखि नै स्थिर रहेको हुनाले प्रतितोला १२ सय ३० रुपैयाँमै कायम रहेको छ ।