क्वारेन्टिनका सुरक्षा गार्डले नै गरे आत्महत्या
Tuesday, August 4th, 2020, 11:12 am
बुटवल, २० साउन । क्वारेटिनका एक जना सुरक्षा गार्डले आफ्नो शरीरमा आगो लगाई आत्म हत्या गरेको छ । रुपन्देहीको देवदहस्थित क्वारेन्टिनका सुरक्षा गार्ड देवदह–५ मितेरी टोलका २४ वर्षका विपिन बस्यालले मंगलबार बिहान करिब ३ बजेतिर शरीरमा मट्टीतेल खन्याएर आत्मदाह गरेका छन् ।
शरीर जलेर गम्भीर घाइते भएका विपिनलाई अस्पताल लग्ने क्रममा मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतितसिंह राठौरका अनुसार उनलाई पाल्पा मिसन अस्ताल लैजाने क्रममा बुटवलमा मृत्यु भएको थियो ।
देवदह नगरपालिका वडा नम्बर ७ शित्तलनगरस्थित नेपाल मगर संघको भवनमा बनाइएको क्वारेन्टिनमा बस्याल सुरक्षा गार्डका रुपमा काम गर्दै आएका थिए । डीएसपी राठौरले उनको आत्महत्या गर्नुको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान शुरु भइसकेको बताएका छन् ।