मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ, चार मोटरसाइकल बरामद
Monday, August 3rd, 2020, 8:12 pm
चितवन,१९ साउन । मोटरसाईकल चोरी गर्ने चितवनमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको इच्छाकामना गाउँपालिका–७ गर्दासका ३० वर्षीय रामबहादुर गुरुङ, कालिका नगरपालिका–३ सिमलढाप बस्ने वर्ष २७ का योगेश वाइवा र वडा नंं.२ पदमपुर बस्ने वर्ष २८ का सुरज गुरुङ गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवंम प्रहरी उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिएका छन् ।
प्रहरीले उनीहरुसंगै चार वटा मोटरसाइकल समेत बरामद गरेको छ । प्रहरीका अनुसार ना १३ प ८५३८ नम्बर को होन्डा मोटरसाइकल (वास्तविक नम्बर ना ४१ प ९६०१), ना ४१ प ९६०१ मोटरसाइकल, वनटेस्ट (वास्तविक मोटरसाइकल नम्बर प्रदेश ३–०३–००१ प ४६८५) र ना ६५ प ४९०७ नम्बरको मोटरसाइकल (वास्तविक मोटरसाइकल नम्बर स १० प १११८) नम्बरको मोटरसाइकल बरामद गरिएको हो ।