लकडाउनबारे विज्ञहरूसँग छलफल गर्दै प्रधानमन्त्री ओली
Monday, August 3rd, 2020, 7:57 pm
काठमान्डौ, १९ साउन। कोभिड १९ का कारण फेरी लकडाउन गर्ने नगर्नेबारे छलफल गर्न जनस्वास्थ्यको क्षेत्रमा काम गर्ने विज्ञहरूसँग छलफल गर्नतिर प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रसरता देखाएका छन्।
कोरोना भाइरसबाट संक्रमितकाे संख्या बढेसँगै प्रधानमन्त्री ओलीले विज्ञहरुसँग छलफल गर्न लागेका हुन्।
कोभिड–१९ शंकट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा रहेका मन्त्री, सचिव र अन्य विज्ञहरु तथा जनस्वास्थ्य क्षेत्रका विज्ञहरुलाई छलफलका लागि ओलीले बोलाएका छन्।
लकडाउन खुकुलो बनाउनुभन्दा पहिला यसअघि प्रधानमन्त्रीले विज्ञहरूरुसँग छलफल गरेका थिए।