रिपोर्ट नआउँदै घर पुगेका ४४ जनामा देखियो कोरोना संक्रमण
Monday, August 3rd, 2020, 7:48 pm
कैलाली, १९ साउन। कैलालीमा रिपोर्ट नआउँदै घर पुगेका ४४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
सोमबार थपिएका ४५ जना मध्ये एक जना मात्रै अस्पतालमा उपचाररत रहेका छन् ।
सोमबार गोदावरी नगरपालिकाका ४२, गौरीगंगा नगरपालिकाका २ र टीकापुर नगरपालिकाका १ जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जानकारी दिएका छन्।
टीकापुरका एक जनाबाहेक अन्य स्थानीय तहका संक्रमितलाई साउन ११ गते स्वाब संकलन गरेर क्वारेन्टिनबाट घर पठाएको पाइएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताउनुभयो ।