काठमान्डौ उपत्यकामा ५१ सहित थप ४ सय १८ जनामा काेराेना संक्रमण
Monday, August 3rd, 2020, 7:06 pm
काठमान्डौ, १९ साउन । पछिल्लो २४ घन्टामा नेपालमा थप ४ सय १८ जनामा कोराेना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका प्रयाेगशालामा गरिएकाे पिसिआर परीक्षणमा ४ सय १८ जनामा संक्रमण देखिएको बताए ।
यससँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २० हजार ७ सय ५० पुगेको छ । थपिएका संक्रमितमध्ये ५१ जना काठमाडाैं उपत्यकाका छन् ।
मन्त्रालयका अनुसार काठमाडौंका ४३, ललितपुरका ३ र भक्तपुरका ५ जनामा संक्रमण देखिएकाे हाे ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३ सय ५८ जना संक्रमित निकाे भएर डिस्चार्ज भएका छन् । यससँगै अहिलेसम्म काेराेनामुक्त हुनेकाे संख्या १४ हजार ९ सय ६१ पुगेकाे छ ।
यस्तै हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ३२ रहेको पनि गौतमले जानकारी दिए ।
काेराेना संक्रमणका कारण हालसम्म नेपालमा ५७ जनाकाे मृत्यु भइसकेकाे छ ।