उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै , थप ३१ जनामा कोरोना संक्रमण पुष्टि
Sunday, August 2nd, 2020, 5:05 pm
काठमाण्डौ, १८ साउन । आइतबार काठमाडौं उपत्यकामा ३१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २२ जना, ललितपुरमा ८ जना र भक्तपुरमा १ जनामा नयाँ कोरोना संक्रमित भेटिएका छन् भने मन्त्रालयले संक्रमितको ठेगाना खुलाएको छैन ।
यसैगरि उपत्यकामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ ।