परीक्षा तत्काल हुन नसक्ने : लोकसेवा आयोग
Sunday, August 2nd, 2020, 3:28 pm
काठमाडौं, साउन १८ । कोरोना संक्रमण फैलिन नदिन गरेको लकडाउनका कारण रोकिएको लोकसेवा आयोगको परीक्षा तत्काल नहुने भएको छ ।कोरोना संक्रमितको संख्या बढ्दै गरेको कारणले गर्दा आयोग परीक्षाको तयारीमा लागेतापनि तत्काल परीक्षा सञ्चालन नगर्ने निर्णयमा पुगेको हो ।
सरकारले गरेको भदौ १ देखि लामोदूरीको यातायात सञ्चालनमा ल्याउने निर्णयलाई मध्यनजर गर्दै आयोगले परीक्षाको लागि तयारीमा लागेको थियो । लोकसेवा आयोगका प्रवक्ता गीता कुमारी होमागाईंका अनुसार संक्रमणको बढ्दो जोखिमले गर्दा परीक्षा लिने सहज परिस्थिति नभएकाले हुनाले तत्काल लोकसेवाको परीक्षा हुनेछैन ।
प्रवक्ता गीताले जबसम्म समय अनुकूल हँुदैन तबसम्म परीक्षा नहुने र एक जिल्लामा मात्रै सिल भयो भने पनि परीक्षा रोकिने भएकाले सबै अवस्था अनुकूल भएपछि मात्रै परीक्षा सञ्चालन हुने बताएकी छिन् ।