प्रचण्ड ओली भेटवार्ता : स्थायी कमिटी बैठक पुनः सञ्चालन गर्ने सहमति बन्न सकेन
Sunday, August 2nd, 2020, 3:24 pm
काठमाण्डौ, १८ साउन । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार भेटवार्ता भएपनि कहिले स्थायि कमिटिको बैठक बस्ने निर्णयमा भने पुग्न सकेनन् ।
करिव तीन घण्टाको छलफल पछि पनि नेकपाका अध्यक्षहरु बिना सहमति बाहिरिएका थिए । गत साउन १३ गते ओलीले गरेको एकपक्षीय निर्णयबाट बैठक स्थगन भएपनि अध्यक्ष प्रचण्डले आफ्नो अध्यक्षतामा बहुमत सदस्यहरु राखेर स्थायी कमिटी बैठक गरेको थियो ।
यसैगरी आज बसेको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ समेत सहभागी भएपनि प्रधानमन्त्री एवं अध्यक्ष ओलीले एकतर्फी रुपमा स्थगन गरेको स्थायी कमिटी बैठक पुनः सञ्चालन गर्ने सहमति बन्न सकेन ।
स्रोतका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा दुवै अध्यक्ष आ–आफ्ना अडानमा कायम रहेको हुनाले ठोस सहमतिमा पुग्न नसकेको हुनाले नेताहरु सोमबार पुनः छलफलमा बस्नेछन् ।