अष्ट्रलेयिाको भिक्टोरिया राज्यमा आइतबार साँझदेखि संकटकाल घोषणा
Sunday, August 2nd, 2020, 2:31 pm
काठमाण्डौ, १८ साउन । कोरोना संक्रमण बढेसंगै अस्ट्रेलियाको भिक्टोरिया राज्यमा संकटकाल घोषणा गनुृका साथै लकडाउनको नयाँ नियम लागू गरिएको छ । उक्त राज्यमा आइतबार साँझको ६ बजेदखि संकटकाल लागू हुने भिक्टोरियाका प्रिमियर ड्यानिअल एन्ड्रयुजले जानकारी दिएको छ ।
लागू गरिएको नयाँ नियम अनुसार भिक्टोरियाको राजधानी मेलबर्नमा रातको समयमा कफ्र्यु लाग्नेछ भने सहरमा जारी गरिएको घरमा नै बस्ने नियममा थप कडाइ गरिनेछ । यसअघि व्यवस्था गरिएको घरबाट बाहिर निस्कन पाउने प्रायोजनहरुलाई भने कम गरिएको छ ।
उक्त नियमअनुसार नागरिकहरुले आफ्नो घरबाट पाँच किलोमिटरभन्दा टाढा जान नपाउने, एक दिनमा एकपटक मात्र अभ्यास र शपिङका लागि बाहिर जान पाउनेछ । शुरुको अवस्थाभन्दा नियन्त्रणमा रहेको कोरोना संक्रमण अहिले १७ हजारको हाराहारीमा संक्रमित संख्या फेला परेका छन् भने करिब दुई सयजनाको संक्रमणका कारण ज्यान गएको छ ।
पछिल्लो केही समयदेखि भिक्टोरिया राज्यमा नयाँ संक्रमित बढिरहेका छन् । उक्त राज्यमा नयाँ संक्रमण बढेसँगै जुलाईको शुरुदेखि लकडाउन पनि लगाइएको थियो । आइतबार पछिल्लो २४ घण्टामा भिक्टोरियामा ६७१ नयाँ संक्रमित फेला परेका छन् भने यो राज्यमा हालसम्म समग्रमा संक्रमितको संख्या ११ हजार ५५७ पुगेको छ । त्यस्तै १२३ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको छ ।