झलनाथ खनाललाई संगै राखेर ओली र प्रचण्ड संवाद जारी
Sunday, August 2nd, 2020, 12:41 pm
काठमान्डौ, १८ साउन। सतारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीच बालुवाटारमा छलफल जारी रहेको छ ।
आजको छलफलमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष ओली र आर्का अध्यक्ष प्रचण्ड सहित सचिवालय सदस्य झलनाथ खनालको पनि सहभागिता रहेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीसँग छलफल गरेर पार्टीलाई निकास दिने जिम्मेवारी पाएका अध्यक्ष प्रचण्डले छलफलका लागि नेता खनाललाई पनि साथमा लगेका हुन् ।
प्रधानमन्त्री र पार्टीको अध्यक्ष दुवै पदबाटओलीले राजीनामा दिनुपर्छ भन्ने कुरा स्थायी कमिटी बैठकमा उठेपछि पार्टीमा विवाद उत्पन्न भएको छ ।
प्रधानमन्त्री ओलीले साउन १३ गते बस्ने भनिएको स्थायी कमिटीको बैठक एकतर्फीरुपमा स्थगित गरेका थिए । तर आर्का अध्यक्ष प्रचण्डले सोही दिन आफ्नो अध्यक्षतामा बैठक बसाएका थिए । सो बैठकमा २९ जना स्थायी कमिटीका सदस्यको उपस्थिति थियो ।
प्रधानमन्त्री ओलीले एकतर्फीरुपमा स्थायी कमिटीको बैठक स्थगित गर्नु गलत भएको ठहर बैठकले गरेको थियो ।