सुनको मूल्य तोलाको १ लाख पुग्ने
Sunday, August 2nd, 2020, 12:23 pm
कठमाण्डौ, १८ साउन । सुनको मूल्य आकासिने क्रम आज पनि जारी नै रहेको छ । गत शुक्रबारको तुलनामा सुनको मूल्य ३ सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य आइतबार प्रतितोला ९९ हजार ६ सय रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य ९९ हजार ३ सय रुपैयाँ थियो भने आइतबार तेजाबी सुनको मूल्य ९९ हजार १ सय ६० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चाँदीको मूल्य भने तोलाको १ हजार २ सय ३० रुपैयाँ कायम भएको छ ।