विवादित क्षेत्रलाई लिएर चीन र भारतबीच सैन्य स्तरको बैठक हुँदै
Sunday, August 2nd, 2020, 12:09 pm
काठमाडौं, १८ साउन । चीन र भचारतबीच बढ्दै गरेको तनावले फेरि नयाँ मोड लिएको छ । लद्दाखमा चलिरहेको विवादको अन्त्यका लागि चीन र भारतका सैनिकहरुबीच आइतबार पाँचौ बैठक भइरहेको छ ।
बिहान सबा ११ बजेदेखि दुई देशका सैनिकहरुबीच सैन्य गतिरोध अन्त्य गर्ने विषयलाई बैठक भइरहेछ ।उक्त बैठक चिनियाँ भूमि माल्डोमा भइरहेको छ भने बैठकमा कमान्डर स्तरका अधिकारीहरू सहभागी छन् ।
भारतीय सैन्य सूत्रले द टाइम्स अफ इन्डियालाई दिएको जानकारी अनुसार भारतले बैठकमा फिंगर एरियाको र चिनियाँ सैनिकहरूलाई पछि हट्ने बिषय उठाउने बताएको छ । त्यस्तै पूर्वी लद्दाखमा केही सैनिकहरू पछि हटे पनि पूर्ण रूपमा डिसइंगेजमेन्ट भने भएको छैन ।
भारतीय सैन्य अधिकारीहरुले चिनियाँ सैनिकले पांगोङ ताल र देप्साङमो नछोड्नुको २ बटा कारण बताएका छन् । पहिलो कारण दुई देशबीच जुलाई १४ मा भएको सैन्य कमान्डर स्तरीय चौथो चरणको बैठकमा डिसइंगेजमेन्टको प्रस्ताव लागू गर्ने कि नगर्ने भन्ने विषयमा चीन दुविधाको स्थितिमा रहेको छ भने दोस्रो कारण चीन उक्त विवादलाई लम्बाएर जाडो महिनासम्म लग्न चाहेको छ ।
यसअघि पनि शीर्ष सैन्य कमान्डरहरूबीच विवादित क्षेत्रलाई लिएर त्यहाँ शान्ति तथा स्थिरता बहाल गर्ने लक्ष्यका साथ दुवै देशका सैनिकहरूलाई फिर्ता बोलाउनका लागि चौथो चरणको वार्ता पनि भइसकेको छ ।
यसैगरी चीनका परराष्ट्रमन्त्री वाङ यी र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालबीच जुलाई ५ मा टेलिफोनमा लगभग दुई घन्टा कुराकानी भएको थियो ।