२ रुपैयाले बढ्यो पेट्रोलियम पदार्थको मूल्य
Sunday, August 2nd, 2020, 11:29 am
काठमाण्डौ, १८ साउन । शनिबार राति १२ बजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि गरेको छ ।
निगमले पेट्रोलमा प्रतिलिटर दुई रूपैयाँ, डिजल र मट्टीतेलमा प्रतिलिटर १.५० रूपैयाँले वृद्धि गरेको छ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायले पछिल्लो पटक इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य केही बढेर आएकाले मूल्यमा केही वृद्धि गरिएको जानकारी दिएका छन्।
यसअघि पेट्रोलको मूल्य प्रतिलिटर रु. १०२ थियो भने अब १०४ रूपैयाँ पुगेको छ । यस्तै डिजल र मट्टीतेलको मूल्यमा प्रतिलिटर ८८ रुपैयाँ ५० पैसाबाट बढेर ९० पुगेको छ छ । तर, निगमले हवाई इन्धन र खाना पकाउने ग्यासमा भने मूल्य वृद्धि नगरेको जानकारी दिएको छ ।