रुसले अक्टोबरमा आफ्ना नागरिकलाई कोरोनाभाइरसको भ्याक्सिन दिने तयारी गर्दै
Sunday, August 2nd, 2020, 11:09 am
एजेन्सी, १८ साउन । विश्मा कोरोना भाइरसको खोपको अविष्कारमा लागि रहेको देशहरुमध्ये रुसले आफ्ना नागरिका लागि भ्याकसिन दिने तयारी गरिरहेको छ ।
यही आउदो अक्टोबारमा रुस सरकारले आफ्ना नागरिकका लागि कोरोनाको भ्याक्सिन दिने योजना रहेको रुसी स्वाथ्यमन्त्री मिखाइल मुराश्केले जानकारी दिएका छन् । उनका अनुसार सरकारले यही योजनाका लागि बिशेष अभियानसमेत सुरु गरिसकेको छ ।
सरकारले तयार गरेको योजना अनुसार सर्वप्रथम कोरोना भ्याक्सिन चिकित्सक तथा शिक्षकलाई दिइने एक रुसी मिडियाले जानकारी दिएको छ । त्यस्तै समाचार एजेन्सी रोयटर्सका अनुसार नाम नखुलाइ सुत्रको हवाला दिँदै रुसको सम्भावित कोरोनाभाइरस भ्याक्सिनलाई यही महिना अनुमति मिल्नेछ ।
यसैगरि अहिले रुसले बनाइरहेको यो भ्याक्सिनबारे थुप्रै प्रश्नहरु र धेरै जिज्ञासाहरु उठिरहेका छन् भने कतिपयले यस भ्याक्सिनबारे आशंका व्यक्त गर्दै रुसले जुन गतिमा भ्याकसिन बनाइरहेको छ त्यसले पछि बढी समस्या निम्त्याउने सम्भावना देखाएको छ ।
अमेरिकाका संक्रामक रोगका विशेषज्ञ एन्थोनी फाउचीलले रुस र चीनले आफ्ना नागरिकहरुलाई भ्याक्सिन दिनु पहिले यसबारे सबै परीक्षणहरु गरिनुपर्ने र यो भ्याक्सिन सुरक्षित छ भन्ने निश्चित हुन जरुरी रहेको बताएका छन् ।
त्यस्तै अहिलेसम्म रुस र चीनले बनाइरहेको भ्याक्सिन लगायत २० वटा भ्याक्सिनको क्लिनिकल ट्रायल भइरेहेको छ ।