ट्राफिक महाशाखाका २ जनामा कोरोना संक्रमण ,प्रमुखसहित ३ सय ७५ जना क्वारेन्टिनमा
Sunday, August 2nd, 2020, 10:31 am
काठमाडौं, १८ साउन । शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखाका २ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रमुख एसएसपी भीमप्रसाद ढकालसहित ३ सय ७५ जना ट्राफिक प्रहरीहरुलाई क्वारेन्टिनमा राखिएको छ ।
यसैगरि संक्रमित दुई जनालाई बलम्बुस्थित एपिएफ अस्पतालमा पठाइएको छ । स्रोतका अनुसार कोरोना संक्रमण परीक्षणका लागि महाशाखाबाट नामावली पठाइएको छ भने क्वारेन्टिन बसेका ट्राफिक प्रहरीको केही दिनमा मात्रै स्वाब परीक्षण गरिनेछ ।
३ सय ७५ ट्राफिक प्रहरी क्वारेन्टिमा रहेता पनि महाशाखाले उपत्यकामा नियमित रुपमा ट्राफिक कार्य सञ्चालन गर्नका लागि व्यवस्था मिलाउने तयारी गरिरहेको छ ।