पछिल्लो २४ घन्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि
Saturday, August 1st, 2020, 7:36 pm
काठमाडौँ, १७ साउन । नेपालमा पछिल्लो २४ घण्टा मा थप ३१५ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ।
देशभरका प्रयोगशालामा ६ हजार ९९३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या २० हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, मुलुकका ५ जिल्ला कोरोनामुक्त भएका छन् । प्रवक्ता डा. गौतमकाअनुसार भोजपुर, रसुवा, संखुवासभा, मुस्ताङ र मनाङमा कोरोना संक्रमित भेटिएका छैनन् ।