कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु
Saturday, August 1st, 2020, 7:30 pm
काठमाडौँ, १७ साउन । कोरोना संक्रमणका कारण वीरगञ्जमा थप एक महिलाको मृत्यु भएको छ ।
बयोधा अस्पतालमा उपचाररत वीरगञ्ज-१६ नगवाकी ५० वर्षीय महिलाको मृत्यु भएको हो ।
ज्वरो र निमोनिया भएपछि उपचारका लागि अस्पतालमा भर्ना भएकी ती महिलाको शुक्रबार बिहान मृत्यु भएको थियो । उनमा श्वासप्रश्वासमा समस्या देखिएको थियो ।
मृत्यु हुनु अघि महिलाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरि परिक्षणमा पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए ।
उनको शवको व्यवस्थापन गर्ने तयारी भएको बताइएको छ ।