दियालो आमा समुहले देवघाटधामका बालिकासगै वृद्धवृद्धाहरुलाई विभिन्न सहयोग प्रदान
Friday, July 31st, 2020, 8:49 pm
चितवन १६ साउन। नारायणगढ १ मा रहेको दियालो आमा समुहले आज शुक्रवार देवघाटधामका बालिकासगै वृद्धवृद्धाहरुलाई विभिन्न सहयोग प्रदान गरेका छन् ।
देवघाटधाम चितवनमा रहेको श्री राम जानकी बालिका आश्रम कन्या गुरुकुल रहेका बालिका र तनहुँमा रहेको वृद्धआश्रममा रहेका वृद्धवृद्धाहरुलाई समुहले विभिन्न सहयोग गरेका हुन् । समुहले बालिका आश्रममा रहेका बालिकाहरुलाई खीर खुवाउनु का साथै खाध्यान्न सहित विभिन्न सहयोग गरिएको समुह अध्यक्ष गीता श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार बालिकाहरु का लागि खिर सगै जनैपूर्णिमा पर्वमा खाइने क्वाटी, तेल, मरमसला, किसमिस सहित बालिकाहरुका लागि भित्री वस्त्र, सेनेटरी प्याड लगायतका सामाग्री सहयोग गरिएको छ ।
समुहले शुक्रवार नै रहेको देवघाट क्षेत्र विकासबाट सञ्चालित समाज कल्याणकेन्द्र (वृद्धाश्रम)मा रहेका वृद्धवृद्धाको लागि फलफूल तथा खाध्यान्न सामग्री सहयोग गरिएको समुहकि अध्यक्ष श्रेष्ठले बताउनु भयो । यसैगरि कार्यक्रम संयोजक शान्ती श्रेष्ठका अनुसार आश्रममा आश्रित बालिकाहरु र वृद्धवृद्धालाई हरेक चाडपर्व परिवारमा नै मनाएको आभाष दिलाउन समुहका दिदीबहिनी मिलेर सहयोग गरेको हाे । संस्थाकी सचिव इन्दिरा लामा घिमिरेले संचालन गर्नु भएकाे साे कार्यक्रममा देवघाट क्षेत्र विकाससमितीका अध्यक्ष शिवराज पौडेल, दियालो टोल विकास सस्थाका सदस्य अर्जुन श्रेष्ठ, सिताराम माविका शिक्षक भेगलाल वराल, समुह उपाध्यक्ष सावित्री ढकाल तथा बालिका आश्रमकि अध्यक्ष माता सावित्री लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा अध्यक्ष सावित्री माताले साउन १५ एकादशी पर्व परेकोले साउन १६ मा भएपनि विभिन्न सहयोग सहित बालिकाहरुलाई खीर खुवाउने कार्यक्रम खुशी व्यक्त गर्नु भयो । उहाँलाई सो अवसरमा वालिकाहरुलाई अभिभावकत्व भुमिका रहि आधुनिकका साथै गुरुकुलीय शिक्षा आर्जन गराइरहेकोमा समूले दोसल्ला ओढाएर सम्मान समेत गरेको थियो । बालिकाहरुले सो अवसरमा भजन, राष्ट्रिय गीतका साथै तीज गीत गाएका थिए ।आश्रममा हाल ३२ जना बालिकाहरु रहेका छन् ।