रुपन्देही इन्चार्जसहित विप्लव समूहका १० कार्यकर्ता पक्राउ
Friday, July 31st, 2020, 7:01 pm
काठमाडौँ, १६ साउन । सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका रुपन्देही इन्चार्ज संगम पुनसहित १० जना कार्यकर्ता बुटवलबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा इन्चार्ज पुनसहित विश्वास भट्टराई, माधव न्यौपाने, अज मोहम्मद मिया लगायतका रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
पक्राउ परेकामाथि थप अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ।