इनफ् इज इनफका समर्थकहरुलाई प्रहरीले वालुबाटारबाट पक्राउ गरे
Friday, July 31st, 2020, 6:01 pm
काठमाण्डौ, १६ साउन । शुक्रबार प्रदर्शनका लागि भेला भएका इनफ् इज इनफ् अभियानका समर्थकहरुलाई प्रहरीले राजधानीको बालुवाटारबाट पक्राउ गरेको छ ।
बिहानदेखि नै वालुवाटार प्रधानमन्त्री निवास अगाडि प्रदर्शनका लागि भेला भएका समर्थकहरुलाई प्रहरीले प्रदर्शन गर्न पूर्वनै नियन्त्रणमा लिएको थियो ।
विवेकशील नेपालले पक्राउ गरिएका ‘इनफ इज इनफ’ अभियानका समर्थकहरुलाई ससम्मान तत्काल रिहाइ गर्न माग गरेको छ । यस्तै सरकारले इनफ् इज इनफका सत्याग्रहमा रहेको अभियन्ताहरुसंग स्वास्थ्य मन्त्रालयको तर्फबाट हस्ताक्षर गरिएको १२ बुँदे सहमतिको कार्यान्वयन नभएको भन्दै उनीहरु त्यसविरूद्ध प्रदर्शन गर्दै आइरहेका छन् ।
प्रदर्शनकारीहरुले इनफ् इज इनफ्का अभियन्ताहरुको माग सरकारले पुूरा गर्नुपर्ने माग राखेका छन् ।