स्वास्थ्यले पठायो सवारी साधनमा जोरविजोर प्रणाली गर्न गृहलाई पत्र
Friday, July 31st, 2020, 6:01 pm
काठमाडौं,१६ साउन। सवारी साधन सञ्चालन गर्ने जोरबिजोर प्रणाली पुन कायम गर्न स्वास्थ्य मन्त्रालयले गृहमन्त्रालयलाई पत्र पठाएको छ ।
मानिसहरु घरबाहिर निस्कने क्रम ह्वात्तै बढेको र कोरोना संक्रमण दर समेत उकालो लागेको भन्दै स्वास्थ्यले पुन जोरबिजोर प्रणाली लागू गर्न भन्दै चिठी पठाएको हो ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्न गत ११ साउनमै चिठी पठाएको बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी अनुसार , ‘लकडाउन खुलेपनि कोरोना जोखिम घटेको छैन। बरु जोखिम बढेको छ । तर मानिसहरुले सामान्य अवस्था जस्तै भिडभाड गर्न थाले, काठमाडौं उपत्यकामा झन्झ–न् संक्रमण बढ्न थाल्यो । केशहरु छरिन थाले । त्यसैले हामीले आवातजावतमा कम गर्नका लागि पनि जोरबिजोर प्रणाली लागू गर्न भनेका हौँ ।’