२४ घन्टामा काठमाडौं उपत्यकामा थपिए ३८ कोरोना संक्रमित
Friday, July 31st, 2020, 5:19 pm
काठमान्डौ, १६ साउन। पछिल्लो २४ घन्टामाकाठमाडौं उपत्यकाका ३८ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले गएको २४ घण्टामा उपत्यकामा ३८ जना संक्रमित थपिएको जानकारी दिए।
संक्रमितमध्ये काठमाडौंका ३२, ललितपुरका ५ र भक्तपुरका १ जना छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।
पछिल्लो समय काठमान्डौ उपत्यकामा संक्रमित संख्या बढिरहेको छ।